भाग्य चम्काउने पल मिलोस्,
ढाॅटछल गर्ने बल मिलोस् |
मालिक नभए दास नै/कमारै सही,
आड दिनें एउटा दल मिलोस् ||
हिसाब विनाको चन्दा मिलोस्
फन्दा विनाको धन्दा मिलोस् |
नाइके नभए ढोके नै सही,
गुटको एउटा अखडा मिलोस् ||
कपटको मतिसंगै, जुलुमको हात मिलोस्
गद्दि अनि गाथ मिलोस् ¦
मूलनाईकेको साथ मिलोस्,
खतवात सबमा माफ मिलोस् ||
माफियाको दान मिलोस्
प्लाष्टिकफूलको मान मिलोस् |
महलको बास मिलोस्, पराईको गास मिलोस्,
वेलुनको वैभव मिलोस्, सुराको शान मिलोस् ||
तामसीको लत मिलोस्, सुन्दरीको मत मिलोस्
तनलाई सधै चैन मिलोस्, मनलाई अझै वेग मिलोस् |
विगतको विस्मृति मिलोस्, आगतको आशक्ती मिलोस्,
नशा उत्रिदा अहंकारको, आफ्नै कर्मको फल मिलोस् ||
-चिरञ्जिवी पौडेल
चैत्र सङ्क्रान्ति, २०७६
No comments:
Post a Comment