Sunday, November 14, 2010

कमालको दुनियाँ



कहाँको दुनिया कहाँ पुगिसक्यो  
संसार एउटा गाउँ नै भईसक्यो,
जन्मन्छ कहाँ हुर्कन्छ कहाँ
भविश्यवाणी नै बेकार भै सक्यो ।

विकास र वस्ती छुट्टै कि उही
गरिखाने कहाँ विचित्रै भईसक्यो,
स्वआर्जन विना ईज्जतै छैन 
पूर्ख्यौली सम्पत्ति त ईतिहास भैसक्यो ।।

  चिरञ्जीवी  पौडेल 
जुकेना–५, अर्घाखाँची